'उठिवास लाउन पाँइदैन' भन्दै मण्डलामा सुकुम्बासीको धर्ना

'उठिवास लाउन पाँइदैन' भन्दै मण्डलामा सुकुम्बासीको धर्ना

काठमाडौँ महानगरपालिकाले प्रहरी लगाएर सुकुम्बासी बस्ति हटाउन गृह मन्त्रालयसँग सहयोग मागेको भनिएका बेला सुकुम्बासी मोर्चा विरोध प्रदर्शनमा उत्रिएको छ । 

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको आयोजनामा आज काठमाडौँको माईतिघर मण्डलास्थित विस्तारित सडक खण्डमा सयौँको संख्यामा आएका सुकुम्बासीहरु धर्नामा बसेका छन् । ब्यानर र प्लेकार्डसहित धर्नामा उत्रिएका प्रदर्शनकारीहरुले भूमि अभियान्तामथिको झूठो जाहेरी निसर्त फिर्ता गर्नुपर्ने, भूस्वामित्वसहितको स्थायी विकल्प बिना उठिबास लगाउन नपाइने, भूमि ऐन बमोजिम सुकुम्बासीलाई लालपुर्जा वितरणलगायतका माग अघि सारेका छन् ।  

धर्नामा संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका अध्यक्ष कुमार कार्की, केन्द्रीय सदस्य नरेन्द्र लामा, सल्लाहकार दलमर्दन कामीलगायत करिब २०० जनाको उपस्थिति रहेको छ ।
 

टिप्पणीहरू