राष्ट्रपतिलाई गालि गर्दै माइतीघरमा पहेँलो ब्यानर प्रदर्शन

राष्ट्रपतिलाई गालि गर्दै माइतीघरमा पहेँलो ब्यानर प्रदर्शन

राजसंस्था पुनर्स्थापनाको माग गर्दै आएको संयुक्त राष्ट्रिय जन आन्दोलन मोर्चाले काठमाडौँमा विरोधसभा गरेको छ । 

 'संवैधानिक राजसंस्था,अखण्ड हिन्दू राष्ट्र पुनर्स्थापना, गणतन्त्र ,संघीयता, धर्मनिरपेक्षताको विरुद्द हाम्रो अभियान' लेखिएको पहेँलो ब्यानर,पहेंलै झण्डा र प्लेकार्ड बोकेका राजावादीहरुले मध्याह्न १२ बजेको समयमा माइतीघर मण्डलाको सडक पेटीमा विरोधसभा गरेका हुन् । 

युवक संगठन संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका संयोजक कृष्ण बहादुर कार्कीको नेतृत्वमा करिब दुई दर्जन प्रदर्शनकारीले सभाअघि 'राजसंस्था राष्ट्रिय एकता, राष्ट्रपति - दलपती' लेखिएको ब्यानर र प्लेकार्ड प्रदर्शन गरेका थिए । 

त्यस्तै, उनीहरुले 'विधिको शासन कायम गर !', 'अपराधीलाई कारबाही गर !', 'बैंक तथा वित्तीय संस्थाहरुले दिने ऋणको ब्याजदर ८ प्रतिशतमा झारी एकरुपता कायम गर !', 'भ्रष्टाचारी र कालो बजारी गर्नेलाई कारबाही गर !', 'वैदेशिक रोजगारीमा जाने युवाकोहरुलाई मेनपावरबाट ठगिने प्रथा बन्द गर ! लेखिएका प्लेकार्ड पनि प्देखाएका छन् ।
 

टिप्पणीहरू