नयाँ राष्ट्रपतिबारे माओवादी नेताहरु सघन छलफलमा

सत्तारुढ नेकपा माओवादी केन्द्र स्थायी समितिको दोस्रो दिनको बैठक बसिरहेको छ । पेरिसडाँडास्थित  पार्टी मुख्यालयमा जारी बैठकमा पछिल्लो राजनीतिक अवस्था, सरकार,पार्टी एकतालगायत समसामायिक विषयमा छलफल भइरहेको छ । 

प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो संक्षिप्त लिखित प्रतिवेदन बैठकमा पेश गर्नुभएको थियो । आज त्यसमा स्थायी समिति सदस्यहरुले आ-आफ्नो धारणा राखिरहेका छन् । साथै, राष्ट्रिय सहमतिका आधारमा नयाँ  राष्ट्रपति चयन गर्ने प्रचण्डको प्रस्तावमाथि पनि छलफल भइरहेको एक जना स्थायी समिति सदस्यले जानकारी दिए । 

हिजो अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछिको पार्टीको अवस्था, सरकार निर्माणका क्रममा बनेको अहिलेको गठबन्धन, सरकारको गतिविधिबारे ब्रिफिङ गर्नुभएको थियो । साथै, प्रमुख सत्ता साझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हिजो भएको भेटबारे आज उहाँले नेताहरुलाई जानकारी गराउनु हुने बताइएको छ । 

माओवादी स्थायी समितिको बैठक हिजोबाट सुरु भएको हो ।

 

टिप्पणीहरू