महानगरविरुद्ध माइतीघरमा प्रदर्शन

महानगरविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौँ महानगरपालिकाको 'डोजर आतंक' विरुद्ध उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति आन्दोलनमा उत्रिने भएको छ । 

समितिका संयोजक सुमन सायमीले माघ १५ गते माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न लागेको जानकारी दिए । महानगरले स्वेच्छाचारी एंव निंरकुश ढंगले अनाधिकृत डोजर चलाएको भन्दै त्यसविरुद्ध आन्दोलनको तयारी गरिएको समितिले जनाएको छ । 

महानगरले सडक विस्तारका नाममा नीजि घर तथा जग्गामा अनाधिकृत डोजर चलाई आतंकित पार्ने काम गरिरहेको समितिको आरोप छ । १५ गते दिउँसो २ बजे हुने प्रदर्शनमा उपत्यकाका सबै सडक विस्तार पीडितलगायत सरोकारवालाहरुलाई सहभागि हुन् समितिले अपिल गरेको छ ।

टिप्पणीहरू