टिचिङ हस्पिटल अगाडि डाक्टरहरुले टाँगे कालो ब्यानर
![टिचिङ हस्पिटल अगाडि डाक्टरहरुले टाँगे कालो ब्यानर](https://janaaastha.prixacdn.net/media/albums/%E0%A4%9C%E0%A4%B9%E0%A4%B8%E0%A4%97%E0%A4%AF_ylSMEScfvs.jpg)
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल बाहिर त्यहाँ अध्ययनरत डाक्टरहरुले कालो तुल झुण्डाएका छन् । चिकित्साशास्त्र अध्ययन संस्थानका डिनको कार्यालय अगाडि एमबिबिएस र बिडिएस अध्ययनरत डेढ दर्जन चिकित्सहरुले तुल टाँगेका हुन् ।
चिकित्सकहरुको पुनः परीक्षालाई अन्य विद्यार्थीको परीक्षा सरहको सुविधा दिनुपर्ने माग राख्दै उनीहरु धर्नामा समेत बसेका छन् । धर्नाकारीहरुले विद्यार्थीलाई दुःख नदे, डिन ज्यु ढिलासुस्ती धेरै भो, सहमतिपत्र लागू गर नारा लेखिएको प्लेकार्ड बोकेका छन् ।
टिप्पणीहरू