काठमाण्डौको सुरक्षामा थप कडाइ

काठमाण्डौको सुरक्षामा थप कडाइ

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी सुनुवाइ सकिएपछि सर्वोच्च अदालत वरपर व्यापक सुरक्षाकर्मी तैनाथ गरिएको छ । बहस सकिएसँगै न्यायाधीशहरु फैसलाबारे छलफलमा जुटेपछि बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । 

सर्वोच्चसहित राजधानीका अधिकांश चोकमा पनि प्रहरी खटाइएको छ । सर्वोच्च वरपर प्रहरी वृत्त ७१ सिंह दरवारका डिएसपी गोविन्द पुरी,काठमाण्डौका डिएसपी पवन भट्टराई र एसपी नेत्रमणि गिरीको नेतृत्वमा प्रहरी खटाइएको छ ।

एसपी र डिएसपीको नेतृत्वमा खटाइएका प्रहरीहरुहरुमध्ये सर्वोच्च वरपर नौ जना इन्सपेक्टर छन् । थप सुरक्षाको निम्ति विभिन्न गण र भृकुटीमण्डपस्थित नगर प्रहरीबाट पनि सुरक्षाकर्मी खटाइएको छ ।

टिप्पणीहरू