गृहमन्त्री पदमुक्त भएसङ्गै प्रधानमन्त्रीलाई सचिवको रिपोर्टिङ्ग

गृहमन्त्री पदमुक्त भएसङ्गै प्रधानमन्त्रीलाई सचिवको रिपोर्टिङ्ग

गृह सचिव विनोदप्रकाश सिंह आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाललाई गृह प्रशासनको समग्र अवस्थावारे रिपोर्टिङ गर्न गएका हुन् ।

सिंह बिहान ९ बजे त्यहाँ गएर पौने १० बजेसम्म बृफिङ्ग सकाएको बुझिएको छ । प्रधानमन्त्रीसँग गृह सचिवको झण्डै ४० मीनेट कुराकानी भएको थियो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने हिजो साँझदेखि पदमुक्त भएका छन् । 

अमेरिकी नागरिकता लिएको अवस्थामा प्रक्रिया नपुर्याई नेपालको पुरानै नागरिकता प्रयोग गरेकोमा दोषी ठहर गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले दिएको आदेशसङ्गै हिजो उनलाई सबै सार्वजनिक जिम्मेवारीबाट च्यूत गराइएको थियो । 

हिजो साँझदेखि उक्त मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री दाहालले लिनुभएको छ ।

टिप्पणीहरू