पोर्चुगलबाट पत्रकार राजकुमार भन्छन्- ‘नागरिकतापछि पासपोर्टकाण्डमा फौजदारी अभियोग निश्चित’

पोर्चुगलबाट पत्रकार राजकुमार भन्छन्- ‘नागरिकतापछि पासपोर्टकाण्डमा फौजदारी अभियोग निश्चित’

हिजो साँझदेखि पदमुक्त भएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे अनेक चर्चा हुन थालेको छ । अमेरिकी नागरिकता र पासपोर्ट हुँदाहुँदै नेपाली नागरिकता र पासपोर्ट प्रयोग गरेको अभियोगमा हिजो सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेलाई नेपाली नागरिकताको प्रक्रिया पूरा गर्न आदेश दिएको छ ।

उक्त आदेशपछि उनी एकाएक सांसद,पार्टी सभापति,मन्त्री,संसदीय दलको नेता तथा मतदातासम्मको हैसियतबाट शून्यमा झरेका छन् । सर्वोच्चले  उनको सांसद पदको हैसियत र वैधानिकतामाथि मात्रै छलफल र आदेश गरेको हो । उनीमाथि नागरिकता दुरुपयोग गरेको,दोहोरो पासपोर्ट बोकेकोलगायत आरोप बाँकी छ । यी आरोप मूलतः फौजदारी प्रकृतिका भएकाले प्रहरीले आवश्यक अनुसन्धान र छानबिनपछि जिल्ला अदालतमा कानुनी उपचारको निम्ति अघि बढाउने सम्भावना हिजै साँझदेखि बढेको छ । सँगसँगै चितवन २ मा उपचुनाव हुने निश्चित छ तर कहिले हुने भन्ने ठेगान छैन ।

सोही सन्दर्भमा हाल पोर्चुगल निवासी पुराना  पत्रकार राजकुमार दिक्पाल लेख्छन्, ‘रवि लामिछानेबारे मेरो लाटो विचार : उपचुनाव घोषणा भइहाले रवि कसरी उठ्ने ?’उनले लिएको भनिएको अमेरिका र नेपालको दोहोरो नागरिकता पनि छानबिनको घेरामा छ । उनीमाथि फौजदारी अभियोग पर्ने निश्चित भएको दिक्पालले उल्लेख गरेका छन् । त्यसैले अभियोग अवधिभर उनको बास कारागारमा हुने निश्चित रहेको दिक्पालको बुझाइ छ ।

सामाजिक सञ्जालमा उनले लाटो विचार भन्दै उल्लेख गरेका छन्, ‘साथीहरुले कति सजिलै उपचुनाव हुन्छ र रवि फेरि सत्तामा आउँछन् भनेर गफ गर्न सकेका होलान् । रास्वपाले सफलता पाएको चुनाव चिन्हले होइन, रविको कारणले हो । मेरो लाटो विचारमा ५ वर्षपछिको चुनावमा यो पार्टीको भविष्य स्वाहा हुने देखिन्छ ।’

टिप्पणीहरू