‘सुहागरात मनाइसकेपछि विवाह दर्ता रध्द’

‘सुहागरात मनाइसकेपछि विवाह दर्ता रध्द’

सर्वोच्च अदालतको संवैधानिक इजलासबाट पदमुक्त गरिएका उपप्रधान तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अवस्थालाई सुहागरात मनाइसकेपछि विवाह दर्ता रध्द भएका बेहुला वा बेहुलीसँग दाँजिएको छ । हास्य कलाकार दीपकराज गिरीले लामिछानेको शुक्रबारपछिको अवस्थालाई त्यसरी चित्रण गरेका हुन् । 

सामाजिक सञ्जालमा गिरीले लेखेको उक्त ट्रोल स्टाटसलाई एक जनाले छक्का पञ्जा ४ फिल्मको डाइलग भएको उल्लेख गरेका छन् । अर्का एक जनाले उनै गिरीलाई व्यंग्य गर्दै लेखेका छन्, ‘बिहे नगरी सुहागरात मनाउने विचार ?’

गिरीले लामिछानेले पार्टी दर्ता, आमनिर्वाचनमा सफलता,उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भइसकेपछि एकाएक सबै जिम्मेवारीबाट हट्नुपरेको क्षणलाई सुहागरात र विवाह दर्ता रध्दसँग जोडेको सहजै अनुमान गर्न सकिन्छ ।

टिप्पणीहरू