नवलपरासीका मतदाताको आँखामा छारो : यता चुनाव जित्ने,भोज दिल्लीमा खुवाउने

नवलपरासीका मतदाताको आँखामा छारो : यता चुनाव जित्ने,भोज दिल्लीमा खुवाउने

नवलपरासी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य विनोद चौधरीले निर्वाचन क्षेत्रको चौतर्फी विकासका लागि भन्दै १५ वटा योजना बनेको बताएका छन् । उनले निर्वाचन क्षेत्रमा स्याटलाइट सिटी, केरा खेती प्रवर्धन,बुध्द सर्किटलगायत योजना बनाएको जानकारी दिएका हुन् ।

उनले सो क्षेत्रमा विशेष अस्पताल, रंगशाला पनि बनाउने बताएका छन् । तर ती आयोजना संघ र प्रदेश सरकारबाट बजेट सुनिश्चित गराएपछि मात्रै कार्यान्वयन हुने भन्दछन् । डलर अर्बपतिले कुनै पनि योजनामा आफ्नोतर्फबाट सुको लगानी गर्ने कुरो गरेका छैनन् । 

बरु गत मंसिरमा चुनाव जितेलगत्तै उनले नयाँ दिल्ली पुगेर भावी अर्थमन्त्री भन्दै भव्य भोजको आयोजना गरेका थिए । भोजमा भारतीय उच्चपदस्थ सरकारी अधिकारी र व्यापारी समूहलाई निम्तो थियो । आमनिर्वाचनमा अत्यधिक बहुमतले विजयी भएको खुशीयाली र भावी अर्थमन्त्रीको सम्भावनाको रुपमा उनले दिल्लीमा आयोजना गरेको भोजमा पाहुनालाई निम्ताएर उनले पचासौं लाख खर्चेका हुन् ।

यता स्थानीय मतदाताको अघिल्तिर उभिएर उनले कागजी योजना अघि सार्दै सुको खर्च गर्ने प्रतिबद्धता जनाएका छैनन् । दिल्लीमा भोज स्थानीय इन्टिमो,डिएलएफ क्यामेलिआजमा गत मंसिर २१ गते साँझ ८ बजेपछि आयोजना गरिएको हो । उनको ‘भव्य’ भोजमा भारत सरकार र भारतीय जनता पार्टीको तर्फबाट विदेश मामिला विभाग प्रमुख विजय चौथाइवा मात्रै सहभागी थिए ।

गत पुस पहिलो साता काँग्रेस संसदीय दल चुनावको अघिल्लो रात उनले बालुवाटारमा तत्कालीन प्रधानमन्त्री देउवा,गृहमन्त्री खाँण र उपसभापति पूर्णबहादुर खड्कासँग झण्डै दुई घण्टा कुराकानी गरेका थिए । भोलिपल्टको निर्वाचनलाई लक्षित गर्दै चौधरी आवश्यक थैली व्यवस्थापनको वचन दिएर राति १० बजे रविभवनस्थित निवास गएको त्यतिबेलै चर्चा भएको हो ।

टिप्पणीहरू