परराष्ट्रमन्त्री पौडेल बिहिबार अमेरिका जाने

परराष्ट्रमन्त्री पौडेल बिहिबार अमेरिका जाने

परराष्ट्रमन्त्री डा. विमला राई पौडेलले अमेरिकाको भ्रमण गर्ने हुनुभएको छ । मन्त्री पौडेल आगामी बिहीबार अमेरिकाको दुई दिने भ्रमणमा जान लाग्नुभएको उच्च स्रोतले बतायो ।  उहाँ आगामी शुक्रबार र शनिबारको दुई दिने अमेरिका भ्रमणको निम्ति बिहीबार काठमाडौंबाट प्रस्थान गर्ने कार्यक्रम तय भएको हो । 

यता अमेरिकी उपमन्त्री आज काठमाडौं आउँदैछिन् । राजनीतिक मामिला सम्बन्धी मन्त्री भिक्टोरिया नुल्याण्ड तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ काठमाडौं आइपुग्ने कार्यक्रम छ । 

टोलीमा उप सहायकमन्त्री न्यान्सी ज्याक्सन र विशेष सहायक मेरी फ्राङ्गाकिस पनि छन् । उनीहरु साँझ ६ बजे फ्लाई दुबईको उडानमा दुबई हुँदै काठमाडौं आइपुग्ने कार्यक्रम तय भएको छ ।

टिप्पणीहरू