महिला सुरक्षाबारे प्रधानमन्त्रीलाई राखेर छहारी भवनमा छलफल

महिला सुरक्षाबारे प्रधानमन्त्रीलाई राखेर छहारी भवनमा छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘महिलाको शान्ति सुरक्षा र दिगो विकास लक्ष्य २०३०’ विषयक राष्ट्रिय कार्यशाला गोष्ठीको उद्घाटन गर्नुभएको छ । 

बूढानीलकण्ठ–७ हात्तिगौडास्थित छहारी भवनमा आयोजना गरिएको गोष्ठी तथा सम्मान कार्यक्रमको आज बिहान प्रधानमन्त्रीले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा एकल महिला संस्थापक अध्यक्ष कविता पाण्डे, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापालगायत झण्डै पाँच दर्जनको सहभागिता छ । 

कार्यक्रममा महिला सुरक्षा र दिगो विकास लक्ष्यका विषयमा सरोकारवाला व्यक्ति तथा निकायहरुले आ–आफ्ना धारणा राख्ने बताइएको छ ।

टिप्पणीहरू