उपप्रधानमन्त्री नारायणकाजी र चिनियाँ राजदूतबीच भेट

उपप्रधानमन्त्री नारायणकाजी र चिनियाँ राजदूतबीच भेट

उपप्रधान एवम भौतिक, पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत छन सोङले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भेटघाटको निम्ति राजदूत सोङ बिहान १० बजे पुग्नुभएको थियो । 

उहाँहरुबीच करिब ४५ मीनेट कुराकानी भयो । सो अवसरमा काठमाडौं चक्रपथको कलंकी–चाबहिल सडकखण्ड विस्तारको विषयदेखि चिनियाँ सहयोगमा सञ्चालित अन्य परियोजनाको बारेमा पनि छलफल भएको बुझिएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ र राजदूत सोङबीच एकापसमा शुभकामना आदानप्रदानसमेत भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

टिप्पणीहरू