चीनविरोधी अभियानमा रविको साथ रहने चिन्ता

चीनविरोधी अभियानमा रविको साथ रहने चिन्ता

लामो समयदेखि नेपालमा बसोबास गर्दै आएका तिब्बती शरणार्थीलाई परिचयपत्र दिने विषयमा फेरि पनि चर्चा शुरु भएको छ । राजनीतिक विश्लेषक गोविन्द बोहोरा ‘ब्रम्हाण्ड’ ले गैर नेपालीलाई परिचयपत्र दिने नाममा तिब्बतविरोधी अभियानलाई सहयोग पुग्ने कार्य नगर्न गृह मन्त्रालयलाई सुझाएका हुन् ।

बोहोराले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्,‘२० हजारभन्दा बढी गैर नेपालीलाई परिचयपत्र दिने नाममा तिब्बतविरोधी अभियानलाई सहयोग पुग्नेगरी गृह मन्त्रालय सहयोगी नबनोस् ।’

उनको स्टाटसमा कमेण्ट गर्दै एक सामाजिक सञ्जाल प्रयोगकर्ताले भनेका छन्,‘बी अलर्ट एण्ड केयरफुल,फरएभर’ त्यस्तै, अर्कोले लेखेका छन्,‘काम नै उनीहरुको योजनाबध्द ढंगले अगाडि बढेको छ त नेपालीलाई फाइदा- बेफाइदाबारे सोचविचार हुन्न । हुन्छ त मालिक रिझाएबापत कति पाइयो ?’

राजनीतिक विश्लेषक बोहोराका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला कार्य क्षेत्र रहेकी उपमन्त्री भिक्टोरिया नुल्याण्डवीच भेटघाट तय भएको थियो ।

‘रवि लामिछाने गृहमन्त्री हुँदा नै उपमन्त्री भिक्टोरिया नुल्याण्डलाई भेट्ने तयारी थियो । तर, त्यो पूरा हुन पाएन । सर्वोच्च अदालतले नागरिकतामा दोषी ठहर गरेपछि उनको तत्काललाई स्थगित भयो’, उनले भने । 

२० हजार बढी गैर नागरिकलाई प्रमाणपत्र दिएर तिब्बतविरोधी अभियानलाई गृह मन्त्रालयले सहयोग गर्न लागेको उनको ठम्याइ छ । नेपालबाट तिब्बत स्वतन्त्रताका लागि लड्ने बिदेशी योजनालाई साथ र सहयोग गर्न नहुने उनी बताउँछन् ।

टिप्पणीहरू