खागतस्करी प्रकरणमा स्पष्टिकरण नदिएर पारस माओवादीमा प्रवेश

खागतस्करी प्रकरणमा स्पष्टिकरण नदिएर पारस माओवादीमा प्रवेश

मकवानपुरमा माओवादी नेताहरुकाे ओहाेरदाेहाेर बेलाबखत समाचार बनिरहन्छ । कुनैबेला माेहन वैद्यकाे पार्टीमा लागेर फेरि माओवादीमै फर्कनुभएकी कुमारी माेक्तान २०६४ यता तीन पटक सांसद मात्र नभएर पार्टी पाेलिटब्युराे सदस्य,बागमती प्रदेश सरकारमा दाेहाेर्याएर सामाजिक विकास मन्त्री हुनुहुन्छ । 

विगतमा माओवादीबाट बाबुराम भट्टराईकाे नयाँ शक्तिमा सचिवालय सदस्य हुनुभएका प्रल्हाद लामिछाने एमाले नेता हुँदै फेरि माओवादी फर्केर बागमती प्रदेश नीति तथा याेजना आयाेग सदस्य हुनुभयाे । अब उपाध्यक्ष हुने चर्चा छ । 

२०६४ मै मकवानपुरकाे चारैसिट जितेकाे माओवादीकै युवा नेतामध्ये एक दिलबहादुर घिसिङ पनि माेहन वैद्यकाे पार्टी हुँदै हाल एमाले प्रदेश कमिटी सदस्य हुनु भएकाे छ । यसैमा विगतमा मजदुर नेताका रुपमा मकवानपुरमा क्रियाशील युवा नेता पारस नेपाली पनि माओवादीमा फिर्ता हुँदा उहाँमाथि भने संगीन आराेप लागेकाे छ । 

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवाद) प्रदेश कमिटीले पारसले पार्टी हितविपरित कार्य गरेकाे, लम्पट आर्थिक नीतिमा लागेर अर्थ संकलन गरेकाे,पार्टीकाे सूचना बाहिर लगेकाे, सहकर्मीहरुलाई घेराबन्दी गरेकाे आराेपसहित पदमुक्त गरेकाे जनाएकाे छ । 

पार्टी सेक्रेटरी प्रवेशले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ, 'गैँडा खाग तस्करीमा कमरेड पारस पनि जाेडिनु भएकाे सूचनापछि ११ माघमा २४ घण्टे स्पष्टिकरण साेधिएकामा सम्पर्कविहीन हुनु भएकाले सबै जिम्मेवारीबाट मुक्त गरिएकाे छ ।'

पार्टीस्राेतका अनुसार गैँडा खाग तस्करी काण्डमा पारसका भाइ पुर्पक्षमा छन् र पारसकाे पनि याे घटनामा संलग्नता रहेकाे छ । यही काण्डमा जाेगिन पारस बागमतीमा माओवादीकाे मुख्यमन्त्री रहेकाे, मजदुर नेताकाे नाताले जाेगिन पार्टी छाडेर भागेकाे क्रान्तिकारी माओवादीका एक नेताले बताए ।

टिप्पणीहरू