बागलुङमा दुई साता देखि प्रमुख जिल्ला अधिकारी रित्तै

बागलुङमा दुई साता देखि प्रमुख जिल्ला अधिकारी रित्तै -राजेशचन्द्र राजभण्डारी

सरकारले सहसचिव र उपसचिवसहित एकैपटक ७० जना कर्मचारीको सरूवा गरेको दुई साता बितिसक्दासमेत बागलुङमा प्रमुख जिल्ला अधिकारी नपठाउँदा सेवाग्राही मर्कामा परेका छन् ।

गृहमन्त्रालयले उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार राजपत्रांकित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव) समेतका प्रमुख जिल्ला अधिकारी,सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० जना कर्मचारीको काज सरूवा गरेको थियो । बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाललाई धादिङ सरूवा गरिए पनि बागलुङमा अहिलेसम्म प्रमुख जिल्ला अधिकारी सरूवा गरेर पठाइएको छैन ।

बागलुङबाट सरूवा भएका ढकाल जिल्ला बाट बिदा भएर धादिङ गएपछि प्रमुख जिल्ला अधिकारीले गर्ने प्रशासनिक काम ठप्प छ ।

भूतपूर्व  भारतीय सेनामा कार्यरत ब्यक्तिहरूकाे पेन्सनका कागजातसम्बन्धी काम प्रमुख जिल्ला अधिकारी नहुँदा राेकिन पुगेको छ ।सेवा ग्राहीलाई तत्काल छिटोछरितो सेवा दिने भनेर प्रचारप्रसार गरेको गृह प्रशासनले आजसम्म किन प्रमुख जिल्ला अधिकारी खटाउन सकेन भनेर जनताले प्रश्न गर्न थालेका छन् ।

जसअनुसार  नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूहमा कार्यरत सिडिओदेखि उपसचिव, निर्देशक, जेलरलगायतसम्मका ७० कर्मचारीको सरुवा भएको छ। यसमा ५० भन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेरसमेत भएका छन्।  बागलुङका प्रमुख जिल्ला अधिकारी सरूवा भएपछि सहायक प्रमुख जिल्ला अधिकारी गणेश पाैडेलले काम गरिरहेका छन् ।

टिप्पणीहरू