पूर्व उपसभामुख तातेपछि नेपाल हाउसमा काँग्रेसको छुट्टै भेला
पूर्व उपसभामुख तथा नेपाली काँग्रेसकी नेतृ पुष्पा भुसाललगायत झण्डै डेढ दर्जन काँग्रेस नेताहरुले छुट्टै छलफल गरेका छन् ।
उनीहरुले हिजो अपरान्ह बालुवाटारस्थित नेपाल हाउसमा दुई घण्टा कुराकानी गरेको बताइन्छ । छलफलमा केन्द्रीय सदस्यहरू पुष्पा भुषाल, रणबहादुर रावल, गोविन्द भट्टराई, मीनबहदुर बिक,नैनसिंह महर,शान्ति परियार, कुन्दन काफ्ले, चिनकाजी श्रेष्ठ,अब्दुल सतार सहभागी थिए ।
त्यसैगरी सरस्वती तिवारी,योगेन्द्र चौधरी, हरिशरण नेपाली,विद्या तिमिल्सेना,चन्द्र केसी, सुशीला थिंग,रुपा बिक, राजीव ढुंगाना, कृष्णकिशोर घिमिरे, गणेश लामा,कर्णबहादुर बुढा,सीता देवकोटा लगायतको उपस्थिति रहेको सहभागी एक जनाले बताए ।
टिप्पणीहरू