अमरेशकुमारपछि ‘र’ प्रमुखसँग ऋषि धमलाको बातचित

अमरेशकुमारपछि ‘र’ प्रमुखसँग ऋषि धमलाको बातचित

पत्रकार ऋषि धमलाले लैनचौरस्थित दूतावास पुगेर भारतीय खुफिया एजेन्सी ‘र’ का काठमाडौं स्टेशन प्रमुख राघवप्रसाद भट्नागरसँग भेटवार्ता गरेका छन् । धमला हिजो दिउँसो साढे १२ बजे त्यहाँ पुगेका हुन् । लञ्च टाइममा पुगेका धमला र भट्नागरबीच दिउँसो पौने २ बजेसम्म लामै छलफल भएको बताइएको छ ।

यसअघि अस्ति साँझ उनै भट्नागरसँग सांसद अमरेशकुमारले झण्डै दुई घण्टा कुराकानी गरेका थिए । सिंह ‘र’ प्रमुखसँग बातचित गर्न साँझ बिशालनगरस्थित उनको निवास पुगेका हुन् ।

हिजै लैनचौरस्थित भारतीय दूतावासमा राई स्कुलका प्रिन्सिपल कृति पाण्डे पनि पुगेका थिए । उनी दिउँसो साढे ३ बजको समयमा त्यहाँ गएको बताइन्छ । पाण्डेले दूतावासका शिक्षा तथा राजनीतिक विभागकी प्रियादर्शनीसँग आधा घण्टाभन्दा बढी समय कुराकानी गरेका थिए ।

टिप्पणीहरू