दिनहुँ सर्वसाधारणले आत्महत्या गरेको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन

दिनहुँ सर्वसाधारणले आत्महत्या गरेको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष ज्ञापन पत्र बुझाउनुभएको छ । पार्टीका सम्मानित नेता झलनाथ खनालसहितको उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा उहाँले ज्ञापन पत्र बुझाउनु भएको हो ।

अध्यक्ष नेपालले मुलुकको आर्थिक संकटको समाधानबारे ज्ञापन पत्र पेश गर्नुभएको हो । ज्ञापनपत्रमा मुलुकको अर्थतन्त्र गम्भीर संकटतर्फ उन्मुख रहेको उल्लेख छ । आर्थिक संकटका कारण मजदुर, किसान साना तथा मध्यम व्यवसायीलगायत आम सर्वसाधारणले दैनिक आत्महत्या गर्नुपरेको सन्दर्भ जोडिएको छ ।

यसबाट जनतामा व्यापक निराशा र राजनीतिप्रति नै वितृष्ण देखिएको एकीकृत समाजवादीको ठहर छ । यीलगायत मुलुक र नागरिकका जल्दाबल्दा समस्या समाधान गर्नेतर्फ सरकार गम्भिरतासाथ लाग्नुपर्ने बताइएको छ ।

टिप्पणीहरू