सेनामा डेढ सय जना अधिकृतको जिम्मेवारी हेरफेर

सेनामा डेढ सय जना अधिकृतको जिम्मेवारी हेरफेर

नेपाली सेनामा झण्डै डेढ सय जना अधिकृतको सरुवा गरिएको छ । आजदेखि लागु हुनेगरी एक सय ४७ जना अधिकृतको सरुवा भएको हो ।

जसअनुसार ३९ जना लेफ्टिनेन्ट कर्णेल सरुवामा परेका  छन् भने ७२ जना मेजरको पनि सोही लटमा जिम्मेवारी यताउता भएको छ । १९ जना क्याप्टेन र १४ जना लप्टन पनि आजको सरुवामा समेटिएका छन् ।

सरुवाको पहिलो नम्बरमा प्रमुख सेनानी सरोज अधिकारीलाई राष्ट्रपतिको सचिवालयबाट नम्बर २६ बाहिनी अड्डामा लगिएको छ । शोध तथा विकास निर्देशनालयका प्रमुख सेनानी राजेन्द्र पन्तलाई चरक बाहिनी (गुप्तचर) र नम्बर २४ बाहिनी अड्डाका विश्वराज कोइरालालाई सैनिक संगठन निर्देशनालयमा सरुवा गरिएको छ ।

सरुवाको विस्तृत विवरण संलग्न सूचीमा उल्लेख छ ।

टिप्पणीहरू