रविका वकिल एकाएक लण्डनमा

रविका वकिल एकाएक लण्डनमा

रवि लामिछानेको पक्षबाट नागरिकता प्रकरणमा बहस गर्नेमध्येका एक जना कानुन व्यवसायी बेलायतको राजधानी लण्डन पुगेका छन् । लामिछाने गत शुक्रबार साँझ सर्वोच्च अदालत संवैधानिक इजलासको आदेशपछि एकाएक चार वटा जिम्मेवारीबाट पदमुक्त भएका थिए । 

प्रक्रिया पुर्याएर नागरिकता नलिएको विषयमा परेको मुद्दामा रविको लिड लयर रहेका पूर्व बार महासचिव सुनिल पोखरेल प्रतिकूल आदेश आएलगत्तै सोप्रति असन्तुष्टि जनाउँदै बेलायत उडेका हुन् । पोखरेलसँगै वरिष्ठ अधिवक्ता तथा नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे पनि अहिले लण्डनमा छन् । उनीहरु गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको निम्तोमा त्यहाँ गएका हुन् । 

पोखरेल र घिमिरेले एनआरएनएहरुले उठाउँदै आएको नेपालमा रहेका आफ्ना सम्पत्तिको कानुनी सुरक्षासम्बन्धी कार्यक्रममा धारणा राख्ने बताइएको छ ।

टिप्पणीहरू