प्रतिनिधिसभा बैठक दिउँसो १ बजे
संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका डाकिएको छ ।
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूचीमा रहेको छ । यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ वार्षिक प्रतिवेदन (आ.व २०७८/०७९) पेश गर्ने अर्को कार्यसूची छ ।
सभामुखले एक जना सांसद रिक्त रहेको विषय पनि सभालाई जानकारी गराउने कार्यसूचीमा रहेको संघीय संसद्का महासचिव डा.भरतराज गौतमले जानकारी दिए ।
टिप्पणीहरू