पार्टीबाट गल्ती भएको रास्वपा नेताको स्वीकारोक्ति
राष्ट्रिय स्वतन्त्र पार्टीका एक नेताले पार्टीबाट राजनीतिक रुपमा केही गल्ती भएको स्वीकार गरेका छन् । राजनीतिक रुपमा केही गल्ती भएको उल्लेख गर्दै केन्द्रीय सदस्य गणेश कार्कीले थप केही गल्ती हुन लागेको बताएका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले रास्वपा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विधि र नैतिकता सिकाउने र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समर्थन र सदभाव देखाउनुपर्ने ठाँउमा पुगेकोमा असन्तुष्टि पोखेका हुन् । रास्वपाले कहिल्यै पनि यसको चाहना र कल्पना नगरेको उनको भनाइ छ ।
‘हामीलाई हेरेर प्रचण्डहरुले विधि र नैतिकताको कुरा गर्ने । हामीलाई ओलीहरुले समर्थन र सद्भाव देखाउनुपर्ने । यस्ता दिनको त हामीलाई अपेक्षा नै थिएन । यस्ता दिन हामीले चाहेकै थिएनौं । तर,भोगिरहेका छौं । राजनीतिक रुपमा नै केही गल्ती त हामीबाट भएकै छ । केही गल्ती हामीबाट हुन लागेको छ ।’
उनले भनेका छन्,‘हामीलाई हेरेर प्रचण्डहरुले विधि र नैतिकताको कुरा गर्ने । हामीलाई ओलीहरुले समर्थन र सद्भाव देखाउनुपर्ने । यस्ता दिनको त हामीलाई अपेक्षा नै थिएन । यस्ता दिन हामीले चाहेकै थिएनौं । तर,भोगिरहेका छौं । राजनीतिक रुपमा नै केही गल्ती त हामीबाट भएकै छ । केही गल्ती हामीबाट हुन लागेको छ ।’
नागरिकतामा दोषी ठहर भएपछि विभिन्न पद गुमाएका पार्टी सभापति रवि लामिछानेलाई लिएर सत्ता गठबन्धनमा उत्पन्न विवादबारे नेता कार्कीले यस्तो टिप्पणी गरेका हुन् ।
टिप्पणीहरू