एमाले संसदीय दलको कार्यालयमा पुगे रवि

एमाले संसदीय दलको कार्यालयमा पुगे रवि

नागरिकता विवादमा मुछिएर अदालतको फैसलाले उपप्रधानसहित गृहमन्त्री गुमाएका र आइतबार नयाँ नागरिकता बनाएपछि पुनः सोही जिम्मेवारीमा फर्कन प्रयास गरिरहेका रवि लामिछानेले आज पनि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । 

हिजो अपरान्ह बालकोटमा भेटघाट गरेका लामिछानेले आज सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा ओलीलाई भेटेका हुन् । साढे १२ बजेतिर ओली भेट्न पुगेका उनी करिब आधा घण्टा कुरा गरेर बाहिरिएका छन् । 

गृह मन्त्रालयको जिम्मेवारीमा फर्किन जोडतोडका साथ लागेका लामिछाने हिजो बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर दबाब दिँदा पनि उपलब्धि हात नलाग्ने बुझेपछि दिउँसो बालकोट गएका थिए । बालकोट भेटमा पूर्वसहमतिअनुसार गृहमा पुनस्र्थापित गराउने बचन पाएर फर्किएका उनी आज प्रधानमन्त्रीसँगको कुरा बुझ्न ओलीकहाँ पुगेका हुन् । 

यसअघि आज बिहानै लामिछानेलाई गृहमन्त्रीका लागि सिफारिस गर्न ओली बालुवाटार पुग्नुभएको थियो ।

टिप्पणीहरू