परराष्ट्र सचिव आज पनि ब्रसेल्समा उत्तिकै व्यस्त

परराष्ट्र सचिव आज पनि ब्रसेल्समा उत्तिकै व्यस्त

परराष्ट्र सचिव भरतराज पौड्याल बेल्जियमको राजधानी ब्रसेल्समा आयोजित इयु–नेपाल संयुक्त आयोगको १४ औं बैठकमा सहभागी हुनुभएको छ । आजको बैठकमा इयु र नेपालबीच कायम रहेको सम्बन्धलाई थप प्रगाढ र मजबुत बनाउने सहमतिसँगै विभिन्न निर्णय भएको बताइएको छ ।

आजै उहाँले इयुका उपमहासचिव तथा राजनीतिक निर्देशक एनरिक मोरासँग भेटवार्ता गर्नुभएको छ । उहाँहरुबीच विभिन्न विषयका साथै आगामी वर्ष इयु र नेपालबीच औपचारिक सम्बन्ध कायम भएको ५० वर्ष मनाउने सम्बन्धमा पनि छलफल भएको बुझिएको छ ।

हिजो पनि उहाँ विभिन्न भेटघाटमा सहभागी हुनुभएको थियो ।

टिप्पणीहरू