रविको बैठकमा रविमाथि आक्रमण,स्पस्टिकरण दिँदै हैरान

रविको बैठकमा रविमाथि आक्रमण,स्पस्टिकरण दिँदै हैरान

राष्ट्रिय स्वतन्त्र पार्टी ‘केन्द्रीय समिति र संसदीय दल’को संयुक्त बैठकमा अधिकांश केन्द्रीय सदस्य तथा सांसदहरू पार्टी नेतृत्वसँगै महामन्त्री मुकुल ढकालप्रति खनिएका छन्। उनीहरूले ‘रास्वपालाई लामिछाने–अर्याल–ढकाल नामक एनजिओ बनाउन खोजियो’ भन्दै आपत्ति जनाएका छन् ।

सभापति रवि लामिछानेले हिजो बेलुका बैठकको शुरुमै ‘आज केन्द्रीय सदस्य र सांसदहरूका कुरा पनि सुन्छु’ भनेपछि नेताहरू एक हदसम्म मत्थर भएको रास्वपाकी एक केन्द्रीय सदस्यले जनाएकी छन् । पालैपालो नेताहरूलाई छोटो समय बोल्न दिएका लामिछाने मिडिया र सोसियल मिडियामा जे–जस्तो प्रचारबाजी भए पनि आफ्नो पार्टी तत्काल सरकारबाट नबाहिरिने प्रष्ट पारे । ‘हामीलाई हेप्न खोजियो। गृहमन्त्रालयमा मै जानुपर्छ भन्ने छैन । तर त्यो त हाम्रो भागको मन्त्री पद हो नि ! त्यसकारण पनि केही बोल्नैपर्ने भयो अनि बोलेँ,’उनले भने ।

‘पार्टीलाई पार्टीजस्तै बनाऊँ न हजुर! नेताहरूलाई मिडियामा प्रतिबन्ध लगाउने काम नगरौँ । हामीहरू संकटको डीलमा छौँ । तत्काल सरकारबाट बाहिरिने कुरा नगरौँ ।’ केन्द्रीय सदस्य कार्कीले बैठकमा दह्रो गरी आफ्नो भनाइ राखेलगत्तै सदस्य तथा सांसदहरूले जोडतोडले ताली पड्काएको रास्वपाका एक सांसदले जनाएका छन् ।

महामन्त्री मुकुल ढकालले पार्टीभित्र वा बाहिर भइरहेको राजनीतिक चर्चाबारे बिफ्रिङ गरेपछि केन्द्रीय सदस्य र सांसदहरूले आ–आफ्नो भनाइ राखे । संयुक्त बैठकमा बोल्दै केन्द्रीय सदस्य गणेश कार्की सभापति लामिछाने र महामन्त्री ढकालप्रति खनिए । ‘राष्ट्रिय स्वतन्त्र पार्टीमा कैयौं योग्य नेता छन् । तर एउटा गतिलो महामन्त्री किन छैन ?’ भन्दै गम्भीर प्रश्न गरे ।

दायाँबायाँ हेरेर बोल्न खोजिरहेका उनै ढकाललाई नेता कार्कीले अर्को प्रश्न गरे । ‘सभापतिज्यू,हामीहरूले नेपाली जनताको मन र मत जितेका छौँ । हाम्रो पार्टी कमजोर बनाउने खेला शुरुबाट नै भइरहेको छ । तर तपाईंको दायाँ बायाँ बस्नेहरूको अनुहार हेर्नोस् त,कस्ता–कस्ता पात्र छन् ! अब म धेरै बोलिनँ,’उनले भने, ‘पार्टीलाई पार्टीजस्तै बनाऊँ न हजुर! नेताहरूलाई मिडियामा प्रतिबन्ध लगाउने काम नगरौँ । हामीहरू संकटको डीलमा छौँ । तत्काल सरकारबाट बाहिरिने कुरा नगरौँ ।’

केन्द्रीय सदस्य कार्कीले बैठकमा दह्रो गरी आफ्नो भनाइ राखेलगत्तै सदस्य तथा सांसदहरूले जोडतोडले ताली पड्काएको रास्वपाका एक सांसदले जनाएका छन् । संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले गृहमन्त्रालय नपाएकै कारण सरकारबाट बाहिरिन नहुने तर्क राखे । ‘हामीहरूले राजनीतिमा अप्ठेरो बाटो रोजेका छौँ। हामी सुध्रिनुपर्छ,राजनीति पनि सुधारौँ। बिचलित हुनुहुँदैन । अहिल्यै सरकार नछाडौँ,’उनले भने।

अर्की केन्द्रीय सदस्य तथा सांसद सोविता गौतमले आफ्नो पार्टी फुटाउने हल्ला चलिरहेको बताउँदै सबै सदस्य र सांसदहरू चनाखो हुनुपर्ने बताइन् । कतिपय कमजोरीहरू पार्टी नेतृत्वबाट पनि भइरहेको बताउँदै सच्चिनुपर्ने उनको तर्क थियो । सांसद मनिष झा, केन्द्रीय सदस्य दीपक बोहोरा, अरनिको पाँडेले ‘संसदीय दलको उपनेतालाई किन नेताको जिम्मेवारी नदिएको ?’ भन्दै महामन्त्री ढकालको आलोचना गरेका छन् ।

‘विराजजीलाई दलको उपनेता बनाएपछि नेताको जिम्मेवारी दिनुपर्दैन ! महामन्त्रीलाई जे मन लाग्यो त्यही निर्णय गर्ने छुट छ ? उपसभापतिलाई सभापति जिम्मेवारी दिँदा त्यो नजिर हेर्नुपर्दैन ?,’ संयुक्त बैठकअघि सभापति लामिछाने, महामन्त्री ढकाल र सांसद झासँगको बसाइमा पनि केन्द्रीय सदस्य पाँडेले यसैगरी आक्रोश पोखेको रास्वपा स्रोतको दाबी छ ।
 

टिप्पणीहरू