प्रधानमन्त्री निवासमा नेताहरुको लर्को

प्रधानमन्त्री निवासमा नेताहरुको लर्को

नेपालको चुच्चे नक्शाविरुध्द संघीय संसदमा मत हालेर पूर्व निश्कासित भारत माइती भएकी सांसद सरिता गिरी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटघाट भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज बिहान उहाँहरुबीच शिष्टाचार भेटवार्ता भएको हो । 

दिवङ्गत काङ्ग्रेस नेता प्रदीप गिरीको बुहारीसमेत रहेकी सांसद् गिरी बिहान साँढे १० बजे प्रधानमन्त्री निवास छिर्नुभएको थियो । झण्डै १५ मीनेट वार्तालाप गरेर उहाँ त्यहाँबाट निस्किनुभएको बताइन्छ । 

सांसद गिरीअघि नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा पूर्वमन्त्री घनश्याम भुसाल र प्रधानमन्त्री दाहालबीच कुराकानी भएको थियो ।

टिप्पणीहरू