महासचिवको गृहजिल्लामा अखिलका तीन जना नेतामाथि कारवाही

महासचिवको गृहजिल्लामा अखिलका तीन जना नेतामाथि कारवाही

नेकपा एमाले दाङले पार्टी हितविपरीत काम गरेको भन्दै भातृ संगठन अनेरास्ववियुका जिल्ला इञ्चार्ज वीरवल खड्कासहित अन्य दुईजना सह–इन्चार्जलाई कारबाहीको सिफारिस गरेको छ । 

अध्यक्ष हुकुमबहादुर बस्नेत र सचिव मनोहर बुढाथोकीले अनेरास्ववियुका केन्द्रीय अध्यक्ष र महासचिवलाई पत्र लेख्दै इन्चार्ज खड्का,सह–इन्चार्ज प्रकाश शर्मा र गोपाल रेग्मीलाई कारबाहीको सिफारिस गरेका हुन् । 

कारवाहीका लागि सिफारिस गरिएका तीनै जनामाथि समानान्तर गतिविधि गरेको आरोप लगाइएको छ । यही ११ माघमा सम्पन्न अनेरास्ववियु दाङको २३ औँ सम्मेलनमा सहभागी नभई उनीहरुले समानान्तर कमिटी गठन गरी पार्टी विधानको धज्जी उडाउने काम गरेको एमाले दाङको दावी छ । 

उनीहरुलाई पार्टी विधान २०४९ को अध्याय आठको धारा ८० अनुसार अनुशासन उल्लंघन गरेकाले सोही अध्यायको ८१ अनुसार जिल्ला कमिटीको तर्फबाट लिखित स्पष्टीकरणसमेत माग गरिएको छ ।
 

टिप्पणीहरू