पूर्वराजा ज्ञानेन्द्रको होटलमा नेपाल र मलेशियाबीच द्विपक्षीय बैठक शुरु

पूर्वराजा ज्ञानेन्द्रको होटलमा नेपाल र मलेशियाबीच द्विपक्षीय बैठक शुरु

काठमाडौं महानगरपालिका वडा नम्बर १३ ताहाचलस्थित होटल सोल्टीमा नेपाल र मलेशियाबीच श्रम सहकार्यसम्बन्धी द्विपक्षीय बैठक शुरु भएको छ । श्रम मन्त्रालयको आयोजनामा  बैठक थालिएको हो । 

बैठकमा मलेशियाका गृहमन्त्री नसुसान इस्माइल र सचिव अजमान बिन हुसेनको उपस्थिति रहेको छ । त्यस्तै,श्रममन्त्री डोलप्रसाद अर्याल, गृहसचिव विनोदप्रसाद सिंह, श्रमसचिव डुण्डुराज घिमिरेलगायत अन्य मन्त्रालयका सचिव गरी बैठकमा चार दर्जन सहभागी छन् ।
 

टिप्पणीहरू