रविका जिल्ला सभापतिले संविधान र कानुनी कुरो उठाए

रविका जिल्ला सभापतिले संविधान र कानुनी कुरो उठाए

केन्द्रमा मन्त्रीका लागि नेताहरुको लडाई चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङले भने कानुन र संविधानको परिपालनाको विषय उठाएको छ । विराटनगरमा चलिरहेको ’सिएनआई कोशी एक्स्पो’का आयोजकले सर्वसाधारणको आवागमनमा अवरोध पुर्याएको भन्दै रास्वपाले संविधान र विद्यमान कानुनी व्यवस्था सम्झाएको हो । 

जिल्ला सभापति क्षितिज गौतमले आज विज्ञप्ति जारी गरेर संविधान विपरित सर्वसाधारण मानिस हिँड्ने बाटो छेकेर कार्यक्रम राखिएकोमा आपत्ति जनाएका छन् । संविधानको भाग ३ को धारा १७ को उपधारा (२) को (ङ) मा कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रताको हकबाट कुनै पनि व्यक्तिलाई बञ्चित गरिने छैन भन्ने व्यवस्था एक्स्पो आयोजकले बेवास्ता गरेको उनको आरोप छ । 

एक्स्पो आयोजकका कारण आमजनतामा सास्ती खेप्नु परेकोप्रति घोर आपत्ति जनाएको रास्वपा मोरङले कारवाहीको माग पनि गरेको छ । अन्यथा जुनसुकै कदम चाल्न बाध्य हुने सो पार्टीको चेतावनी छ ।   आफ्नो पार्टी कानुनी राज्यको मूल अवधारणामा प्रतिबद्ध रहँदै त्यसको पालना गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
 

टिप्पणीहरू