उपप्रधानमन्त्री श्रेष्ठ समाजवादीको कार्यालय आलोकनगरमा

उपप्रधानमन्त्री श्रेष्ठ समाजवादीको कार्यालय आलोकनगरमा

 नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीको कार्यालयमा पुग्नुभएको छ । 

समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उपप्रधानमन्त्री श्रेष्ठ आलोकनगरस्थित समाजवादीको मुख्यालयमा पुग्नुभएको हो ।  हिजोमात्रै माओवादीको स्थायी समिति बैठक चलिरहँदा समाजवादीका उपमहासचिव डा. विजय पौडेल पेरिसडाँडा पुगेका थिए । 

माओवादी र समाजवादीबीच पार्टी एकीकरणका लागि विभिन्न तहमा एकता वार्ता भैरहेका छन् । तर, तत्कालीन पाँच दलीय गठबन्धन छोडेर माओवादीले एमालेसँग सहकार्य अघि बढाएकोमा समाजवादीका नेताहरु खुशी छैनन् ।

रवि लामिछाने गृहमन्त्री बनाउने कि नबनाउने भन्ने विषयको विवादले सत्तारुढ गठबन्धनमा दरार बढिरहेका बेला माओवादीमा वाम एकताका पक्षधर भनेर चिनिने श्रेष्ठ समाजवादीका अध्यक्ष भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
 

टिप्पणीहरू