पर्यटनमन्त्री विमानस्थलको दोश्रो आकस्मिक निरीक्षणमा

पर्यटनमन्त्री विमानस्थलको दोश्रो  आकस्मिक निरीक्षणमा

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती आज बिहान आकस्मिक निरीक्षणमा निस्कनुभएको छ । उहाँ बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको छ । 

मन्त्री किरातीले विमानस्थलको व्यवस्थापन र सञ्चालनको समग्र अनुगमन गर्नुभएको छ । उहाँले आन्तरिक विमानस्थल छेउ नेपाल वायुसेवा निगमको ह्याङ्गरको पनि निरीक्षण गर्नुभएको छ । 

यस क्रममा अन्तर्राष्ट्रियतर्फ यात्रु आगमन र प्रस्थान दुबैतर्फका क्षेत्रको अनुगमन गरिएको छ । त्यसपछि त्यहाँका उच्चअधिकारीलगायत कर्मचारीहरुलाई आवश्यक निर्देशनसमेत दिनुभएको बुझिएको छ ।

टिप्पणीहरू