एमाले अध्यक्ष बिहानै बालुवाटारमा,रवि र राष्ट्रपतिका निम्ति अन्तिम कसरत

एमाले अध्यक्ष बिहानै  बालुवाटारमा,रवि र राष्ट्रपतिका निम्ति अन्तिम कसरत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटवार्ता भएको छ । उहाँहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान लामै कुराकानी भएको श्रोतले बतायो ।

रवि लामिछाने र उनको पार्टीले गृह मन्त्रालयको जिम्मेवारी पाउनुपर्ने अडान उत्कर्षमा पुगेको बेला उहाँहरुबीच केहीबेर अघि भेटवार्ता भएको हो । लामिछानेलाई एमाले अध्यक्ष ओलीले साथ दिँदै आउनुभएको छ । तर प्रधानमन्त्री दाहाल तत्काल लामिछानेलाई गृहमन्त्री बनाउन इच्छुक हुनुहुन्न  ।

एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धन टिकाउनुपर्ने पक्षमा धारणा राख्नुभएको बताइएको छ । बालुवाटार स्रोतका अनुसार आगामी राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्म अहिलेको गठबन्धन कायम राख्ने रणनीतिमा एमाले देखिएको छ ।
 

टिप्पणीहरू