एकीकृत समाजवादीका नेताहरुको जिम्मेवारी हेरफेर हुँदै

एकीकृत समाजवादीका नेताहरुको जिम्मेवारी हेरफेर हुँदै

नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । ललितपुरको बालकुमारीस्थित एक पार्टी प्यालेसमा बोलाइएको बैठक बिहान साढे १० बजेपछि बस्न थालेको हो । 

केन्द्रीय कमिटीको पाँचौँ पूर्ण बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गर्दै सम्बोधनको कार्यक्रम राखिएको छ । त्यस्तै महासचिव डा. बेदुराम भुसालले पनि सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने बताइएको छ ।

पार्टी प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार बैठकमा वर्तमान सरकारको अवस्था, आफ्नो पार्टीले संसदमा खेल्ने भूमिकामाथि छलफल र निर्णय गरिने छ । आजको बैठकले आवश्यकताअनुसार केन्द्रीय नेताको जिम्मेवारी हेरफेरसमेत गर्नसक्ने जनाइएको स्रोतले बताएको छ ।
 

टिप्पणीहरू