राति आएका गृहमन्त्री मध्यान्ह फिर्ता

राति आएका गृहमन्त्री मध्यान्ह फिर्ता

अस्ति राति काठमाडौं आइपुगेका मलेसियाका गृहमन्त्री आज मध्यान्ह स्वदेश फर्कंदैछन् । तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तीन दिने भ्रमणमा आएका मन्त्री दातुक सेरी सैफुद्धिन नासुसिओन बिन इस्माइल आज पौने १ बजे काठमाडौंबाट प्रस्थान गर्ने कार्यक्रम छ ।

चार्टर विमानमा काठमाडौं आएका मलेसियाको प्रतिनिधिमण्डल बंगलादेशको राजधानी ढाका हुँदै क्वालालम्पुर जाने उडान तालिका रहेको बताइएको छ । हिजो नेपाल र मलेसियाबीच श्रमिक सहकार्यसम्बन्धी पुरानो समझदारीपत्रलाई परिमार्जन गर्ने समझदारी भएको छ । मलेसियामा रहेका नेपाली कामदारको हकहित,सुरक्षा र कल्याणका विषयमा द्विपक्षीय सहयोग आदान प्रदान गर्ने सहमति पनि भएको छ ।

औपचारिक भेटवार्तामा फ्रि भिसा र फ्रि टिकटको व्यवस्थालाई अझै कडाइका साथ लागु गर्ने प्रतिबध्दता नेपाली अधिकारीहरुले व्यक्त गरेका छन् ।
 

टिप्पणीहरू