युरोपबाट परराष्ट्र सचिव र राजदूत सँगै फिर्ता

युरोपबाट परराष्ट्र सचिव र राजदूत सँगै फिर्ता

बेल्जियमको राजधानी ब्रसेल्स पुग्नुभएका परराष्ट्र सचिव भरतराज पौडेल स्वदेश फर्कनुभएको छ । इयु–नेपाल संयुक्त आयोगको १४ औं बैठकमा सहभागी पौडेललगायत तीन सदस्यीय टोली आज बिहान काठमाडौं आइपुगेको हो ।

सहसचिव सेवा लम्साल र उपसचिव हरिप्रसाद ओडारीसहितको टोली कतारको राजधानी दोहा हुँदै बिहान पौने १० स्वदेश फर्किएको हो । आजै कतार एअरवेजको सोही उडान नम्बर क्युआर ६५२ बाट नेपालका लागि युरोपियन युनियनकी राजदूत श्रीमती नोना डेपरेज पनि काठमाडौं फर्कनुभएको छ ।

 

टिप्पणीहरू