नेपालीवारे सर्वोच्च अदालतको आदेशपछि सिक्किम तनावग्रस्त

नेपालीवारे सर्वोच्च अदालतको आदेशपछि सिक्किम तनावग्रस्त

भारतीय उत्तरपूर्वी राज्य सिक्किमको जनजीवन केही दिनदेखि तनावग्रस्त बनेको छ । सर्वोच्च अदालतको एउटा आदेशमा उल्लेखित एउटा शब्दका कारण सिक्किममा एकाएक तनाव बढेको बताइएको छ ।

अदालतको आदेशमा त्यहाँका नेपाली भाषीलाई विदेशी भनिएपछि सर्वसाधारण आन्दोलित भएका हुन् । त्यहाँका छ वटै जिल्लामा उक्त आदेशको चर्को विरोध भएको छ । आयकरसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले त्यहाँका नेपालीलाई विदेशी भनिएपछि सत्ताधारी सिक्किम क्रान्तिकारी मोर्चाले आदेश संशोधन गर्न एक साताको म्याद दिएको छ ।

सिक्किममा मुख्य गरेर नेपाली,भुटिया र लेप्चा समुदायको उल्लेख्य बसोबास छ । यसैबीच सिक्किम डेमोक्र्याटिक फ्रन्ट (एसडिएफ) ले आतंक मच्चाएको त्यहाँको प्रहरीको आरोप छ । अन्य राजनीतिक दलले सर्वोच्चको आदेशको भर्त्सना गरे पनि एसडिएफले झैँ आतंक नमच्चाएको प्राप्त समाचारमा उल्लेख छ ।
 

 

टिप्पणीहरू