माओवादी बैठक शुरु, राष्ट्रपति र गृहमन्त्री प्रमुख एजेण्डा

माओवादी बैठक शुरु, राष्ट्रपति र गृहमन्त्री प्रमुख एजेण्डा

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित बैठकमा नयाँ गृहमन्त्री र आगामी राष्ट्रपति निर्वाचनबारे छलफल हुने बताइएको छ ।

बैठकमा पार्टीका कतिपय नेताहरुको जिम्मेवारी हेरफेरलगायतको विषयमा पनि छलफल हुने बुझिएको छ । अध्यक्षले राजनीतिक प्रतिवेदन पेश गर्ने र वाम घटकहरुबीच हुने भनिएको पार्टी एकताबारे पनि छलफल गर्ने कार्यक्रम छ ।

अध्यक्ष पुष्पकमल दाहालले अस्तिदेखि उत्पन्न राजनीतिक उतार–चढावको कारण देखाउँदै हिजो बोलाइएको बैठक स्थागित गर्नुभएको थियो । आजको बैठकमा अधिकांश सदस्यको उपस्थिति छ ।

टिप्पणीहरू