कोलम्बोमा व्यस्त परराष्ट्रमन्त्री

कोलम्बोमा व्यस्त परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा. विमला राई पौडेलले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्नुभएको छ । 

श्रीलंकाको ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा कोलम्बोमा रहनुभएकी मन्त्री पौडेलले हिजो बेलुकी गर्नुभएको हो । त्यसअघि उहाँले श्रीलंकाका विदेशमन्त्री एमयूएम अली सब्रिसँग भेट गर्नुभएको थियो ।

परराष्ट्रमन्त्री पौडेल आज बिहान कोलम्बोमा आयोजित झण्डोत्तलोन र परेड कार्यक्रममा सहभागी हुनुभएको जनाइएको छ । आजै दिउँसो श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंघेसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । 

उहाँ अस्ति काठमाडौंबाट त्यता जानुभएको हो । श्रीलंकाले आज ७५ औं स्वतन्त्रता दिवस मनाइरहेको छ ।

टिप्पणीहरू