आफूहरुको विद्रोहको सत्यता पुष्टि भएको माधव नेपालको दाबी

आफूहरुको विद्रोहको सत्यता पुष्टि भएको माधव नेपालको दाबी

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू र आफ्नो समूहले एमालेबाट गरेको विद्रोह सत्य भएको दाबी गर्नुभएको छ । अध्यक्ष नेपालले आजदेखि शुरु भएको पार्टी केन्द्रीय कमिटीलाई सम्बोधन गर्दै उक्त धारणा राख्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘हाम्रो विद्रोह सही ठहरिँदै गएको छ । अहिलेका घटनाक्रमले त्यसलाई झन् पुष्टि गरेको छ । आगामी दिनमा यो थप प्रमाणित हुने छ ।’ 

उद्घाटन सम्बोधन पछि बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । आजै महासचिव डा. वेदुराम भुसालले सांगठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।

टिप्पणीहरू