राष्ट्रियसभामा माओवादीलाई जिताउने काँग्रेसको निर्णय
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी नदिने भएको छ । माओवादी उम्मेदवारलाई जिताउन काँग्रेसले आफ्नो उम्मेदवार नउठाउने भएको हो ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बिहान बसेको संसदीय समितिको बैठकले राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई समर्थन गर्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
राष्ट्रियसभा उपाध्यक्ष पदका लागि आज दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । भोलि निर्वाचन हुनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर माओवादीसँग सम्बन्ध सुधारको प्रयासमा रहेको काँग्रेसले यसअघि प्रतिनिधिसभाको सभामुख र उपसभामुखमा आफ्नो उम्मेदवार उठाएको थियो । प्रदेशमा पनि माओवादी बाहेक अन्य दलको उम्मेदवार रहेका पदमा कांग्रेसले प्रतिस्पर्धा गरेको थियो ।
टिप्पणीहरू