पार्टी बैठकअघि रवि लामिछाने गृहमन्त्री माग्दै फेरि बालुवाटारमा

पार्टी बैठकअघि रवि लामिछाने गृहमन्त्री माग्दै फेरि बालुवाटारमा

सरकारबाट बाहिरिने चेतावनी दिए पनि निर्णय गर्न नसकिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज पनि प्रधानमन्त्रीलाई भेटेका छन् । आज बिहान बालुवाटार पुगेर उनले प्रधानमन्त्री प्रचण्डसँग आधा घण्टा छलफल गरेका थिए ।

प्रधानमन्त्री र लामिछानेबीच बिहान आठदेखि साढे आठ बजेसम्म कुराकानी भएको बालुवाटार स्रोतले बताएको छ । 

आजै राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बस्दैछ । सरकारबारे निर्णय लिन अस्ति र हिजोको बैठक अनिर्णित भएपछि आज पनि बस्न लागेको हो ।

सर्वोच्च अदालतले आफ्नो नागरिकता अवैध ठहर गरेपछि गृहमन्त्री पदबाट बाहिरिएका लामिछाने पुन: सोही पदमा पुनर्स्थापित हुन चाहन्थे । तर, रास्वपालाई गृह दिन तयार नहुनुभएका प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार मन्त्रालय लिन प्रस्ताव गरेपछि त्यसैमा चित्त बुझाएर ऊ सरकारमा बस्ने सम्भावनाको चर्चा छ ।

टिप्पणीहरू