हार्ने र जित्ने दुबैको पत्रकार सम्मेलन, घण्टीका सांसद बैठकमा अनुपस्थित
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलन गर्दैछन् । उनले दिउँसो १ बजे आयोजना गर्ने भनिएको पत्रकार सम्मेलन साढे ३ बजेसम्म शुरु भएको छैन ।
तर सत्तारुढ उक्त पार्टीका सांसदहरूले प्रतिनिधिसभा बैठक अघोषित रुपमा बहिष्कार गरेका छन् । आज दिउँसो १ बजेबाट बसेको संसद बैठकमा पार्टीका कुनै पनि सांसद पुगेका छैनन् ।रास्वपाका सबै जना सांसद पार्टी बैठकमा सहभागी भएको बताइएको छ । पार्टी बैठक नसकिएकाले सभापतिको पत्रकार सम्मेलन ढिलो भएको स्रोतले बताएको छ ।
यता, उनै लामिछानेले गत आमनिर्वाचनमा चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा पराजित गरेका प्रतिस्पर्धी उमेश श्रेष्ठले होटल हिमालयमा पत्रकार सम्मेलन गरेका छन् । नेपाली काँग्रेसका उम्मेदवार तथा तत्कालीन मन्त्री श्रेष्ठले सो क्षेत्रका सांसद रवि लामिछानेको नागरिकता विवादमा सांसद पदबाट हट्नुपरेपछि आफूलाई स्वतः निर्वाचित सांसदको हैसियत प्रदान गर्न उनले माग गरेका छन् ।
पत्रकार सम्मेलनअघि उनी निर्वाचन आयोग, कान्तिपथ पुगेका थिए । उनले पत्रकार सम्मेलनमा पनि सोही माग दोहोर्याएका छन् ।
टिप्पणीहरू