जताततै हुस्सुले पर्यटनमन्त्रीको यात्रामा बाधा
हिजो बिहान भैरहवा जानुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती आज राजधानी फर्कनुभएको छ । उहाँ आज बिहान ८ बजे फर्कन खोजे पनि बाक्लो हुस्सुका कारण विमान उडानमा छ घण्टा ढिलो भएको बताइएको छ ।
मन्त्री किराती बुद्ध एयरको उडान नम्बर बीएचए ८०६ बाट बिहान ८ बजे काठमाडौं प्रस्थान गर्ने कार्यक्रम थियो । तर दिउँसो १ बजेसम्म कुनै पनि उडान हुन नसकेपछि उहाँ २ बजे सोही उडानबाट काठमाडौं फर्कनुभएको हो ।
मन्त्री किरातीसँगै नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्मा पनि सोही उडानमा काठमाडौं आउनुभएको छ ।
टिप्पणीहरू