रविको धम्कीमा पत्रकार महासंघको आपत्ति

रविको धम्कीमा पत्रकार महासंघको आपत्ति

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विभिन्न सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीहरुको नामै लिएर दिएको सार्वजनिक धम्कीप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

आज दिउँसो उनले पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उक्त धम्की दिएका हुन् । आफ्नो दल सरकारबाट बाहिरिने निर्णय सुनाउन आयोजित कार्यक्रममा उनले चर्को धारणा राखेका थिए । 

महासंघले सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रुपमा धम्की दिइएकोमा चिन्ता प्रकट गरेको छ । आज प्रकाशित विज्ञप्तिमा नामै लिएर नेपालका सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीहरुमाथि दिइएको धम्कीले असुरक्षित हुनसक्ने तथ्यप्रति महासंघले चिन्ता प्रकट गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘उनको अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयम् लामिछाने र रास्वपाले लिनुपर्ने छ । चौथो ठूलो दलका अध्यक्ष र उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका व्यक्तिले संयम गुमाएर अभिव्यक्ति दिनु नेपाली सञ्चार क्षेत्रमाथिको प्रहार भएको छ ।’

टिप्पणीहरू