रविले झैँ हिजो राजीनामा दिएका मन्त्रीहरुले त्यही स्थानमा पत्रकार सम्मेलन गर्ने

रविले झैँ हिजो राजीनामा दिएका मन्त्रीहरुले त्यही स्थानमा पत्रकार सम्मेलन गर्ने

हिजो राजीनामा दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना मन्त्री र एक जना राज्यमन्त्रीले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । हिजो साँझ प्रधानमन्त्री निवास,बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका उनीहरुले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले हिजो राजीनामा बुझाएका थिए । दिउँसो पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले मन्त्री फिर्ता बोलाउने निर्णय गरेपछि उनीहरुले राजीनामा दिएका हुन् ।

आज पत्रकार सम्मेलन पार्टी कार्यालय बसुन्धारामा हुने बताइएको छ । हिजो अपरान्ह पार्टी सभापति रवि लामिछानेले सोही स्थानमा पत्रकार सम्मेलन गरेका थिए । रविले समसामयिक राजनीतिको चर्चाभन्दा अधिकांश समय मिडिया हाउस र मिडियाकर्मीहरुको चर्को आलोचना गरेका थिए । राजनीतिमा आउनुअघि उनी टेलिभिजन कार्यक्रममा त्यसैगरी राजनीतिक नेता तथा कार्यकर्तामाथि खनिने गर्थे ।

टिप्पणीहरू