किन जान्छन् समिम मिया अन्सारी तारन्तार दुबई ?

किन जान्छन् समिम मिया अन्सारी तारन्तार दुबई ?

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी आज पनि दुबई गएका छन् । उनी बिहान पौने ९ बजे फ्लाई दुबईको उडान नम्बर एफजेड ५८८ बाट त्यता गएको आयोग स्रोतले बताएको छ । यसअघि मंसिर २७ गते दुबई गएर १२ दिनपछि काठमाडौं फर्केका उनी नियमित रुपमा त्यता जाने गरेका थिए । उनकाे विदेश भ्रमण प्रायः निजी हुने गरेकाे छ ।

गत भदौ १६ गते अन्सारीले दुुबईबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट सुनसरीका रिजवान आलमलाई गाडीमा राखेर भगाएका थिए । ठगी आरोपमा फरार आलमलाई प्रहरीले पछि होटल मेरियटबाट पक्रेको थियो । उनी आफ्नो राहदानी विमानस्थलमा फ्याँकेर अन्सारीको गाडीमा बेपत्ता भएका थिए । आलमलाई १ करोड ६८ लाख रुपैयाँ ठगीको आरोप प्रहरीले जेल चलान गरेको छ ।

पछिल्लो पटक समिम माघ ६ गते राति महाराजगञ्ज प्रहरी हिरासतमा रहेका चार जना मापसेवाला भिआइपीलाई छुटाउन ज्यान फालेर लागेका थिए । मध्यरात मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको,सशस्त्र प्रहरीका पूर्व एआइजीको सवारी साधनमा गाडी ठोक्काएको आरोपमा समातिएका उनीहरुलाई छुटाउन अन्सारीले रातभर प्रहरी वृत्त महाराजगञ्जमा धर्ना दिएका थिए ।

उपराष्ट्रपति नन्दबहादुर पुनबाट राज्यमन्त्री सरहको सुविधाप्राप्त सल्लाहकार भनिएका जीवन गुरुङलगायतलाई छुटाउन उनी त्यहाँ गएका हुन् । मादक पदार्थ सेवन गरेर जथाभावी सवारी साधन हाँकेको, डिभाइडरमा गाडी ठोकाएको र सशस्त्र प्रहरीका अवकाशप्राप्त एआइजी जीतबहादुर पुनको गाडीमा क्षति पुर्याएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

गोरखा घर भएका मीनबहादुर घले,पर्वतका जीवन गुरुङ,सुकेधारा बस्ने सुजन अर्याल र चालक मादक पदार्थ सेवन गरेर सवारी साधन हाँकेको अवस्थामा पक्राउ परेका थिए । त्यसपछि सरकारी नम्बर प्लेट प्रदेश ३ ०१ ००२ झ ४७७७ फोर्ड कम्पनीको गाडी चढेर त्यहाँ पुगेका अन्सारीले अनेक अनुनय गरेका थिए । अध्यक्ष समिमले आफूले हालसम्म रक्सी सेवन नगरेकाले मापसे गर्नेहरुलाई आफ्नो मुख हेरेर माफी दिन दबाब दिएका थिए ।

उनले त्यहाँका डिएसपी अंगुर जिसीलाई प्रहरी महानिरीक्षकको हवाला दिँदै दबाब बढाएको खबर त्यतिबेलै छरपस्ट भएको थियो ।

टिप्पणीहरू