प्रधानमन्त्रीको निर्देशनपछि रुष्ट व्यवसायीहरुको पत्रकार सम्मेलन

प्रधानमन्त्रीको निर्देशनपछि रुष्ट व्यवसायीहरुको पत्रकार सम्मेलन

प्रधानमन्त्री पुष्पकमल दाहालले गत महिना मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम ‘एमडीएमएस’ तत्काल लागू नगर्न निर्देशन दिएपछि रुष्ट बनेका मोबाइल व्यवसायीले विरोध गर्ने भएका छन् ।प्रधानमन्त्रीको ठाडो निर्देशनमा एमडीएमएस प्रणाली स्थगन भएकोमा रुष्ट बनेका व्यवसायीले विरोध गर्न लागेका हुन् ।

उनीहरुले भोलि पत्रकार सम्मेलन गर्ने जानकारी दिएका छन् । राजधानीको लैनचौरस्थित मल्ल होटलमा दिउँसो साँढे १ बजे पत्रकार सम्मेलन गरेर मोबाइल व्यवसायीहरुले विरोधका कार्यक्रम घोषणा गर्न लागेका हुन् । नेपाल दूरसञ्चार प्राधिकरणले गत पुस १५ गतेदेखि एमडीएमएस प्रणाली अनिवार्य गर्ने निर्णय गरेको थियो । 

नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरुको अनधिकृत आयात नियन्त्रण गर्न प्राधिकरणले गरेको निर्णयको सामाजिक सञ्जालमा चर्को विरोध भएपछि प्रधानमन्त्री दाहालले तत्काल निर्णय लागु नगर्न निर्देशन दिनुभएको हो ।

टिप्पणीहरू