अमेरिकी टोली परराष्ट्र मन्त्रालय पुग्यो
नेपाल भ्रमणमा आएको अमेरिकी सहयोग नियोग युएसएडकी प्रशासक सामन्था पावर नेतृत्वको टोली सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेको छ । टोलीले परराष्ट्रमन्त्री विमला राई पौडेलसँग भेटघाट गरेको बताइएको छ ।
छ सदस्यीय अमेरिकी टोली र मन्त्री पौडेलबीच दिउँसो साढे ३ बजेको समयमा भेटघाट भएको हो ।
भेटमा विशेषगरी नेपालको विकासमा युएसएडको सहयोगबारे चर्चा भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
टिप्पणीहरू