देउवालाई सताउन सर्वोच्चमा रिट

देउवालाई सताउन सर्वोच्चमा रिट

कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताका हैसियतमा सेवा सुविधा नदिन माग सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ ।

यसअघि सर्वोच्च प्रशासनले रिट दर्ता गर्न अस्वीकार गर्दै दरपीठ गरिदिएको थियो । दरपीठ आदेशविरुध्द परेको निवेदनमा सुनुवाई गर्दै न्यायाधीश सपना प्रधान मल्लको इजलासले उक्त निवेदन दर्ता गर्न आदेश दिएको हो । सो आदेशसँगै आज रिट दर्ता भएको छ । 

अधिवक्ता विमलप्रसाद पोखरेलले देउवालाई विपक्षी दलको नेताको सुविधा उपलब्ध नगराउन माग गर्दै संघीय संसद सचिवालयविरुध्द हालेको रिटउपर सुनुवाईका भोलि बुधवारका लागि पेसी तोकिएको छ । सरकारलाई समर्थन गर्ने दलले विपक्षी दलको हैसियत नपाउने रिटमा जिकिर गरिएको छ । अधिवक्ता पोखरेलले देउवालाई विपक्षी दलको नेताको सुविधा उपलब्ध नगराउन माग गरेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको काँग्रेस प्रतिनिधिसभाको विपक्षी बेञ्चमा छ । यसअघि नेमकिपाका सांसद प्रेम सुवालले सरकारलाई समर्थन गरेको दलले प्रमुख प्रतिपक्षी दलको हैसियत नपाउने दावी गर्दै संसद सचिवालयमा निवेदन दिएका थिए। तर,सचिवालयले देउवालाई प्रतिपक्ष दलको नेता स्वीकार गरिसकेको छ ।

टिप्पणीहरू